अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

पशुपतिमा आरतीअघि राष्ट्रिय गान बजाउन रोक्ने संस्थालाई कारबाही गर्ने तयारी

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:५६ मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थालिएको थियो। आर्यघाटमा मानिसहरू शोकमा भएका बेला राष्ट्रिय गान बजाउन निर्देशन दिएको भन्दै कतिपयले विरोध गरेका थिए।

विरोधपछि दश वर्षदेखि आरती गर्दै आएको गंगा आरती परिवारले सोमबार साझँबाट आरती बन्द गरेको थियो। कोषले आफूसँग कुनै सल्लाह नगरी पहिले दिएको निर्देशनविपरीत आरती रोकेको भन्दै कारबाही अघि बढाउन लागेको हो।

कोषका सदस्य सचिव प्रदीप ढकालले सो संस्थालाई आरती सञ्चालन गर्न दिएको अनुमति अब रद्द गर्ने बताउनुभएको छ । पशुपतिनाथ आर्यघाटमा २०६४ सालदेखि साँझपख आरती हुँदै आएको छ। सोही आरती सुरू गर्नुपहिले अनिवार्य राष्ट्रिय गान बजाउन मन्त्रालयले निर्देशन दिएपछि समर्थन र विरोधमा टिकाटिप्पणी हुँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू