अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

नेपाल–चीनबीच तीनबुँदे सम्झौता, मनाङमा अस्पताल बनाउन चीनले ३५ करोड दिने

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:४६ मा प्रकाशित

नेपाल र चीनबीच सोमबार काठमाडौंमा तीनबुँदे सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सम्मिलित दुईपक्षीय वार्तापछि दुई देशबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल निर्माणका लागि चीनले ३५ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षकहरु पनि पठाउनेछ । यस्तै, प्राकृतिक विपत्तिका लागि आवश्यक पर्ने पाँच हजारथान त्रिपाल पनि चीनले दिने सम्झौता पनि दुई देशबीच भएको छ ।

दुईओटा सम्झौताहरुमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चाइना डेभलपमेन्ट कोअपरेसनका उपाध्यक्ष तङ पोछिङले हस्ताक्षर गर्नुभएको छ । यस्तै, अर्को एक सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू