अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

मेलम्ची खानेपानी आयोजना अगाडि झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:१२ मा प्रकाशित

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अगाडि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडप हुँदा ५ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालयका पहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधानमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरेको लामिछानेको भनाई छ । आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला, नेपालका सहायक कन्ट्राक्टर्स र सप्लायर्सहरूको भुक्तानी नदिई छाडेको थियो । सोही रकमको सुनिश्चतता खोज्दै पीडितहरु आन्दोलनमा उत्रिएका छन्।

सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिने लाई कामको जिम्मा दिएको छ। सीमएसीले तिर्न बाँकी रकम खोज्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। बुधबार उनीहरुले शान्त्तिपूर्ण र्याली र धर्ना कार्यक्रम गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू