अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

नर्वेमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १५ गते ८:१४ मा प्रकाशित

नर्वेमा हेलिकप्टर दुर्घटना हुँदा चारजना मारिएका छन् भने एकजना घाइते भएका छन् । एकजना चाहिँ हराइरहेका छन् । दुर्घटना देशको उत्तरी भागमा आल्टानेर भएको हो । होस्टस्प्रेल संगीत समारोहमा यो दुर्घटना भएको विश्वास गरिएको छ ।

नर्वेको राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले शनिवार अपराह्न आल्टामा दुर्घटना भएको खबर पाएको जनायो । हेलिकप्टरमा पाँच यात्रु र एक चालक रहेको बताइएको छ । दुर्घटनाको कारण खुलाइएको छैन र हेलिकप्टरमा रहेका व्यक्तिको परिचय पनि उजागर गरिएको छैन । नर्वेली मिडियामा आएका खबरअनुसार, यात्रुहरूलाई होस्टस्प्रेल संगीत समारोहमा लगिँदै थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू