अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:२४ मा प्रकाशित

नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक पेस गर्नुभएको हो ।

यसअघि, कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकको प्रस्तावनामा नै मिडिया काउन्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्तिलगायतका विषयमासमेत स्वायत्त व्यवहार नगरिएको भन्दै विधेयक फिर्ता लिन माग गर्नुभएको थियो । तर, मन्त्री बाँस्कोटाले विधेयक प्रस्तावमात्र भएको भन्दै विधेयकलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिनुभएको थियो ।

विधेयक पेस गर्दै मन्त्री बाँस्कोटाले विधेयकलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताउनुभयो । मिडिया काउन्सिल विधेयक संशोधन गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तयार भएपछि विधेयक राष्ट्रियसभामा ‘टेबुल’ भएको हो । विधेयकमाथि सैद्धान्तिक छलफलपछि दवाफार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू