अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

आन्मा नासियाको सम्मेलनका अवसरमा विशेष साहित्यिक कार्यक्रम आयोजना हुने

बिआरटीनेपाल २०७६ भदौ ११ गते ०:०२ मा प्रकाशित

हरेक वर्ष जस्तै यस वर्ष आयोजना हुने आन्मा र नासियाको सम्मेलनको अवसरमा बृहत् साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ । नर्थ क्यारोलाइना राज्यको विन्स्टन सेलम सहरमा यही सेप्टेम्बरका १, २०१९ आइबारका दिन सो कार्यक्रम आयोजना हुने र कार्यक्रम विशेषरुपमा आयोजना गर्न तयारी पूरा भएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष शिखर दुलालले जनाउनु भएको छ ।

कार्यक्रममा बाल तथा वयस्क कविता प्रतियोगिता आयोजना गरिनुका साथै अप्रतियोगी कविता वाचन र कृति विमोचन समेत गरिने छ । यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालबाट साहित्यकार तुलसी दिवस, अन्य साहित्यकारहरूमा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष साहित्यकार गीता खत्री, साहित्यकार शैलेन्द्र साकार, प्राध्यापक डा. कुसुमकार न्यौपाने, अनेसास बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष तथा पूर्व अध्यक्ष साहित्यकार पदम विश्वकर्मा, अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा साहित्यकार सीता पाण्डे, साहित्यकार निलम कार्की निहारिका, भारती गौतम, नगेन्द्र न्यौपाने लगायत विभिन्न च्याप्टर र स्थानीय साहित्यकारहरूको उपस्थिति रहने जनाइएको छ ।

आन्मा, नासिया र अनेसासको त्रिपक्षीय सहमति बमोजिम हरेक वर्ष आन्मा नासियाको संयुक्त सम्मेलनका अवसरमा साहित्यिक कार्यक्रम विशेष महत्त्वका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको बताउँदै यस वर्ष आयोजना हुने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरको संयोजनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले जनाउनु भएको छ ।

प्रतिक्रिया