अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

नागकिता बिधेयक संसद्मै गायब- राजपाद्धारा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:२४ मा प्रकाशित

राजपाका सांसद लक्ष्मणलाल कर्णले नागरिकता विधेयक संसद्मै गायब भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् कर्णले नागरिकता विधेयक चाँडो संसद्मा ल्याउन सरकारसंग माग गर्नुभयो । “संसद्मा आएको नागरिकता विधेयक कहाँ हरायो ?, म खोजिराखेको छु, संसद्मा आएको सम्पत्ति सभामुखलाई पनि थाहा होला” उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो बिधेयक ल्याउने व्यवस्था गर्नुपर्यो” ।

करिब ५ लाख युवा नागरिकता नहुँदा रोजगारी, शिक्षा पाउनबाट बञ्चित भइरहेको सांसद कर्णको भनाइ थियो । मुलुकका ५ लाखभन्दा बढी युवाहरुले नागरिकताविहीन भएर रोजगार नपाएको उल्लेख गर्दै उहाँले छिटो बिधेयक ल्याउन सम्बन्धित समिति र मन्त्रीलाई अनुरोध गर्नुभयो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक करिब वर्ष दिनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । विधेयकमा सहमति हुन बाँकी विषय सल्ट्याउन गत चैतमा बसेको समिति बैठकले सांसद विजय सुब्बाको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले मंगलबार विवादित विषय जस्ताको तस्तै राखी प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू