अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:२६ मा प्रकाशित

टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै काठमाडौँमा समर्थकहरुले प्रदर्शन गरेका छन् । शनिवार काठमाडौँको नयाँ बानेश्वरमा ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेको निर्शत रिहाइको माग गरेका छन् ।

नयाँ बानेश्वरमा भेला भएका समर्थहरु रविको समर्थनमा नाराबाजी गरेका थिए । माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्य प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन् । उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ । शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

सोही भिडियोका आधारमा आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेससहित तीनैजना पक्राउ परेका हुन् । तर रवि समर्थकहरु भने यो घटनामा उनको कुनै दोष नरहेको दाबीसहित फसाउन नहुने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू