अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 12:24

राजतन्त्रको नाममा राजनीति गर्नेहरु डार्ईनोसर जस्तै लोप हुन्छन्– सन्चारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:५६ मा प्रकाशित

नेपाल सरकारका सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजाका नाममा राजनीति गर्नेहरु डाइनोसरजस्तै लोप हुने बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राजसंस्था पुनःस्थापना गर्ने भन्नेहरुलाई इतिहास पढ्न सुझाव दिँदै लावण्य देशको या अर्को कुन देशको राजा ल्याउने ? भनी प्रश्न गर्नुभयो ।

मन्त्री बास्कोटाले भूपू मायालुको कल्पनामा रमाएर राजतन्त्र ल्याउँछु भन्ने सपना नदेख्न चेतावनी दिनुभयो । पानी धमिलो पारेर माछा मार्ने खेल नगर्न चेतावनी दिँदै उहाँले चिहानमा आराधना गरेर राजतन्त्र नफर्कने दावी गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर ‘सक्कली, नक्कली र डेढअक्कली बहस’हरु चलिरहेको भन्दै मन्त्री बाँस्कोटाले १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको औषधि परिवर्तनको उपचार भइरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू