अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

सरकारको नेतृत्व फेरिन्छ– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२४ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताउनुभएको छ । सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताउनुभएको हो । सो अवसरमा उहाँले नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने विषयमा कुनै शंका नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष प्रचण्डको भनाई थियो । पार्टी एकीकरण गर्न नहुने आशयको अभिव्यक्ति दिएको भोलिपल्ट प्रचण्डले आफ्नो भनाइलाई अतिरञ्जित बनाएर समाचार बनाइएको टिप्पणी गर्नुभयो । पुरानो एमाले र माओवादी अब एउटै पार्टी भइसकेको र एकीकृत पार्टीको आफु अध्यक्ष रहेकाले पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको प्रचण्डको भनाई थियो ।

सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले एक वर्षको कामलाई समिक्षा गर्दै सरकार अघि बढ्ने योजनामा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू