अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

प्रचण्ड र माधव कुमार नेपालबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:४४ मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बिहान नेपाल निवासमा दुई नेताबीच भेट भएको हो । नेता नेपालले प्राप्त गरेको वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने झलनाथ खनालको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओली र दाहालले सकारात्मक रुपमा लिएको भनिएको भोलिपल्ट प्रचण्ड नेपाल निवास पुग्नुभएको हो ।

सो अवसरमा प्रचण्ड र नेपालबीच झण्डै आधा घन्टा छलफल भएको बुझिएको छ। वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने प्रस्ताव औपचारिक रुपमा सचिवालयमा पेश गरेपछि खनाल खुशी हुनुहुन्छ भने नेपाल त्यसमा सहमत हुने देखिएको छैन।

तर दुई अध्यक्ष ओली र प्रचण्ड मिलेको खण्डमा त्यो वरियता खनाललाई दिन असहज भने हुनेछैन । अध्यक्ष प्रचण्ड नेपाललाई त्यसमा मनाउने प्रयासमा त्यहाँ पुगेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू