अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

आसन्न उपनिर्वाचनवाटै पार्टी एकता शुरु हुन्छ– कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:३० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताउनुभएको छ । शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गन्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले सबै मिलेर उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।

“चुनावमा टिकट एउटाले पाउँछ । टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ”–उहाँले भन्नुभयो । वर्तमान सरकारले ल्याएका केही विधेयकको संसदमा विरोध गरेकैले फिर्ता गराएपनि सरकारले एकदलीय शासन लाद्न चाहेको सभापति देउवाले आरोप समेत लगाउनुभएको छ । सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई पहिलो बनाउन चुनौती रहेको उल्लेख गर्नुभयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू