अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

पोखरा न्युरोडमा आगलागी, मिनी मार्केटका करिव ३१ सटरमा क्षति

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२२ मा प्रकाशित

पोखराको मुख्य व्यापारिक स्थल न्युरोडमा मंगलबार दिउसो आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी भएको हो । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस तथा पर्दा पसल गरि करिव ३१ वटा सटरमा क्षति पुगेको छ ।

पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा आगलागी नियन्त्रणमा लिईएको थियो । दिउसो करिब ४ बजे देखि सुरु भएको आगलागी १ घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू