अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

सगुनको प्रेस वक्तव्य (Sagoon Lite सञ्चालनमा)

बिआरटीनेपाल २०७६ साउन २७ गते १८:२९ मा प्रकाशित

नेपाललाई विशेष लक्षित गरी नेपाली विशेषता सहित निर्माण गरिएको Sagoon Lite सञ्चालनमा

काठमाडौँ, श्रावण २६
नेपालीहरूले निर्माण गरेको Sagoon ले नेपाली प्रयोगकर्ताहरूलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप Sagoon Lite सुरुवात गरेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्ना विचारको आधारमा कसैले धारणा बनाउन नसकोस् भन्ने निश्चिन्तताका साथ विचारहरू अभिव्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

Sagoon Lite को प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भइरहेका घटनाहरू, राजनीति, कानुन, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति सम्प्रेषण गर्न सकिन्छ ।

Sagoon Lite ले नेपालका लागी छुटै विषयहरू छनोट गरेको छ। जसमा नेपालको लागी दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, Visit Nepal 2020, हिन्दु तथा बौद्ध धर्म, ठट्यौली/चुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकुद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको छ । नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको छ।

यस एपको निर्माण, नेपालमा प्रचलित एक पुरानो भनाइको आधारमा गरिएको छ। भनिन्छ ” कुनै पनि वह मनमा नराख्नु । यदि मनको वह सुनाउनको लागि साथी तथा अन्य व्यक्तिहरू पाइएन भने रुख वा ढुङ्गालाई भए पनि सुनाउनू । त्यसो गर्दा मन हलुका हुन्छ । ” यही प्रारम्भिक अवधारणा Sagoon निर्माणमा प्रयोग गरिएको छ । Sagoon Lite एप खोली आफ्नो मनमा रहेको विचार संसारलाई सुनाउनु होस साथै मन हलुका गर्नुहोस्।

फेब्रुअरी २०१९ देखि यस एपलाई प्रयोगकर्ता तथा अन्य शुभचिन्तकहरूमाझ निरन्तर बेटा परीक्षण गरिएको थियो । ६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले आफ्नो रुचिका विभिन्न विषयमा विचारहरू रङ्गिन पृष्ठभूमिमा शब्द, तस्बिर तथा भिडियो मार्फत दैनिक रूपमा सम्प्रेषण गर्दै आइरहेका छन् । साझा गरिएका विचारहरू संसारभरका प्रयोगकर्ताहरूले आफ्नो रुचि बमोजिम हेर्ने र गोप्य रूपमा मन पर्‍यो वा परेन भनी राय व्यक्त गर्छन् ।

Sagoon का प्रयोगकर्ताहरू मध्ये धेरैले दिनमा २० पटकभन्दा बढी एप खोल्ने तथा आफ्ना सयौँ साथीहरूलाई प्रयोग गर्नको लागि आमन्त्रण गर्दै आएका छन् । प्रयोगकर्ताहरूले साझा गरेका १ लाखभन्दा बढी विचारहरू १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रयोगकर्ताहरूको सङ्ख्या अघिल्लो महिनाको तुलनामा २ सय प्रतिशतले बढिरहेको छ । Sagoon Lite सुरु भएयता धेरै भन्दा धेरै प्रयोग गर्नेहरूलाई सम्मानित गरिएको छ । यसक्रममा सक्रिय सगुन प्रयोगकर्ताको रूपमा ५१ व्यक्तिहरू सम्मानित भएका छन्। हामीले प्रयोगकर्ताहरूबाट उत्साहजनक विचारहरू पनि सुनेका छौँ । सगुनमा प्रेरणादायी विचारहरू सुनेर वासिङ्टन डिसीका एक प्रयोगकर्ताले धूम्रपान गर्न छोडेका छन् भने लन्डनमा बस्ने अर्का एक प्रयोगकर्ताको चिन्ताको समस्या निको भएको छ ।

Sagoon Lite एप चलाउन सजिलो छ। यो निःशुल्क डाउनलोड गर्न सकिन्छ। Google Play store वा Apple Appstore मा गएर Sagoon Lite खोजी एक मिनेटमै इन्स्टल गर्न सकिन्छ । यसक्रममा आफ्नो फोन नम्बर राखेर साइन अप गर्ने, आफ्ना रुचिका विषयहरू छान्ने र आफ्नो फोनलाई ओटीपी कोडले प्रमाणीकरण गर्नु पर्नेछ।

यति गरिसकेपछि प्रयोगकर्ताले एपको Dashboard मा पुगी साथीहरू तथा Sagoon Team का सदस्यहरूले साझा गरेका विचारहरू हेर्न सक्नेछ। Sagoon का प्रयोगकर्ताहरूले, आफ्ना साथीहरूले पोस्ट गरेका, आफ्नो देशभित्र अन्य प्रयोगकर्ताले पोस्ट गरेका र विश्वका विभिन्न देशका प्रयोगकर्ताले पोस्ट गरेका विचार वा आफ्ना राय व्यक्त गर्न सक्छन् ।

Sagoon ले डेक्सटप संस्करण (www.sagoon.com) मोबाइल संस्करण (www.m.sagoon.com) पनि जारी गरिसकेको छ । यदि मोबाइलमा खाली स्थानको अभाव छ भने प्रयोगकर्ताले मोबाइल संस्करण प्रयोग गर्न सक्छन् ।

एप्लिकेसन डाउनलोड गर्न तल दिएका लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ ।

https://play.google.com/store/apps/details?id=com.sagoonlite
https://apps.apple.com/us/app/sagoon-lite/id1449566264

प्रतीक्षा गर्नुहोस्, अन्य विविध सुविधाहरू चाडै नै नेपालमा ल्याईदै छ।
सगुनको प्रयोग सुखमय रहोस् ।

 

सगुन टिम

सम्पर्क
दीपेन्द्र कुमार चौधरी
इमेल: dipendrachaudhary@sagoon.com
फोन: +९७७-९८६३३३१६३८

प्रतिक्रिया