अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

९ महिनामा सैनिक अदालतद्वारा २ सय ४ सैनिकलाई कारबाही

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:४५ मा प्रकाशित

सैनिक आचरण र मर्यादा विपरीत काम गर्ने अधिकृतविरुद्ध जंगी अड्डाले ९ महिनामा २ सय ४ जना सैनिकलाई कारबाही गरेको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रहेको सैनिक प्रहरी गणले आचरण विपरीत काम गर्ने सैनिक अधिकृतमाथि अनुसन्धानलाई तीव्र बनाउँदै कारबाही गरेको हो ।

सैनिक अदालतले सचेत गराउनेदेखि बर्खास्तसम्मको सजाय सुनाइसकेको छ । सैनिक स्रोतका अनुसार २४ भदौ २०७५ यता ९ महिनामा २ सय ४ जना सैनिक कारबाहीमा परेका छन् । सैनिक प्रहरीको तथ्याङ्कअनुसार, ४ जना अधिकृत भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी बर्खास्तीमा परेका छन् भने अन्य दर्जाका १ सय ६५ जना बर्खास्त भएका छन् ।

यो अवधिमा एक अधिकृतसहित अन्य दर्जाका २८ जनालाई घटुवा गरिएको स्रोतले जनाएको छ । सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी अन्य दर्जाका ६ जना कर्मचारी कारबाहीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू