अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

विगत सम्झिएर थामिएन नेता नेपाल र मन्त्री भट्टराईको आँशु

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:२१ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई नेता तथा कार्यकर्ताले बधाई दिने क्रम जारी छ । संसदीय समितिले आइतबार नवनियुक्त मन्त्री भट्टराईलाई बधाई तथा शुभकामना दिन कार्यक्रम राखेको थियो ।

मन्त्री भट्टराईलाई बधाई दिनेक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भक्कानिनु भयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता नेपाल र मन्त्री भट्टराईबीच वर्षौअघि देखिको सुमधुर सम्बन्ध छ । मन्त्री भट्टराईले २०४३ सालको घटना सम्झिनु भयो ।

उहाँले बिगत सुनाउनु भयो – २०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति अनुसार म काठमाडौंमा खटिएको थिएँ । रात– दिन नभनी, खाइ, नखाई खटिइएछ । त्यसैको असरले , म बिरामी परेँ । दुई महिना शिक्षण अस्पतालमा बस्नु पर्यो। डाक्टरले आशा मारिसकेका थिए । अस्पतालमा माधव नेपाल भेट्न आउनु भयो । जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो। सायद त्यो बाँच्ने आधार थियो ।’

मन्त्री भट्टराई विगत सुनाउँदै भावुक हुनुभयो । उहाँको गला अवरुद्ध भयो। केही छिन भक्कानिँदै अतित सुनाउनु भयो । मन्त्री भट्टराईले वरिष्ठ नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक भएको बताउनु भयो । भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक हुनुभयो । नेता नेपालको आँखा रसायो । उहाँ आफ्नो अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछ्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू