अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

मतदाताको विवरण अद्यावधिक गरेर पठाउन निर्वाचन आयोगको निर्देशन

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१८ मा प्रकाशित

निर्वाचन आयोगले बिहीबारसम्मको संकलन भएको मतदाताको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर १४ गते शनिबार हुन लागेको उपनिर्वाचनका लागि बिहीबारसम्म संकलन भएका मतदाताको विवरण पठाउन निर्देशन दिएको हो।

उपनिर्वाचन हुने जिल्लामा मतादातान नामावली संकलन कार्य शुक्रबारबाट रोकिएको आयोगले बताएको छ। “उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उफदफा २ (२) अनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई आयोगको अर्को निर्णय नभएसम्मका लागि मिति २०७६। ०४। १७ गतेबाट रोकिएको” आयोगका सहसचिव शंकरप्रसाद खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले आगामी मंसिर १४ गतेका लगि प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त पदहरूका लागि उपनिर्वचान गराउने छ। आयोगका अनुसार प्रतिनिधि, प्रदेश र स्थानीय तहका ५० पद रिक्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू