अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१५ | Colorodo: 14:30

फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २५ जनाको मृत्यु, ६ जना बेपत्ता

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१५ मा प्रकाशित

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुंगा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो । आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू