अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

मिस एसिया प्यासिफिक नेपालको धरान अडिसनमा ९ जना

बिआरटीनेपाल २०७६ साउन १८ गते ८:४० मा प्रकाशित

धरान – शनिवार धरान स्थित हान्कुक सारंग कोरियन रेस्टुरेन्टमा ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को प्रदेश न . १ को अडिसन सम्पन्न भएको छ। 

अडिसनको लागि दमक, पथरी, विराटनगर, धनकुटा, धरान लगायतका स्थानहरूबाट अडिसनमा भाग लिएका थिए । चर्चित सञ्चारकर्मी तथा नायक सुरजसिंह ठकुरी र मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनर अप तथा मोडल सिम्रन श्रेष्ठ अडिसनमा निर्णायक रहेका थिए । अडिसनमा सहभागीहरूको सौन्दर्यता, व्यक्तित्व र बौदिक क्षमताको आधारमा निर्णायकहरूले काठमाडौँमा आयोजना हुने किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालको फाइनलको लागि प्रशिक्षणमा छनोट गरिनेछ । 

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सको आयोजनामा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालको आगामी साउन २७ गते सोमबार काठमाडौँमा अन्तिम अडिसन गरेपछि साउन ३० बाट प्रशिक्षण सुरु गरिनेछ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ मा विजेता हुनेले फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औँ मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् भने २ लाख बराबरको पुरस्कार सँगै रु २५ हजार नगद पुरस्कार समेत पाउनेछन् । त्यस्तै फर्स्ट रनरअपले १ लाख २५ हजार बराबरको पुरस्कार सँगै रु १५ हजार नगद पुरस्कार र मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ आयोजना हुने राष्ट्रमा सहभागिता जनाउन पाउने छन् । त्यसै गरी सेकेन्ड रनर अपले १ लाख १० हजार बराबरको पुरस्कार सँगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्विन २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउन पाउने ग्रुप अफ इभेन्ट इन्टरटेनर्सको अध्यक्ष अनुप सक्सेनाले बताउनुभयो । 

प्रतिक्रिया