अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रारको कार्यालय शुभारम्भ

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४४ मा प्रकाशित

गण्डकी प्रदेशको राजधानी पोखरामा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार कार्यालयको शुभारम्भ गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले पहिलो पटक आफ्नो ऐन र निमावली अन्तरगत स्थापित कार्यालय स्थापना गरेको सहकारी रजिष्ट्रार कार्यालय रहेको बताउनु भयो ।

सहकारी उत्पादन मुखी हुनु पर्नेमा जोड दिदै मुख्यमन्त्री गुरुङले बाणिज्य बंैकले गर्ने काम सहकारीले गरेर नहुने उल्लेख गर्नुभएको छ । चालु आर्थिक बर्षमा कम्तीमा ९५ प्रतिशत काम सम्पन्न हुने गरेर कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा पर्यटन, हाइड्रो र कृषि प्राथमिकतामा रहेको भन्दै सरकारको ध्यान विशेष गरेर कृषि र उत्पादनको क्षेत्रमा रहेको बताउनु भयो । कर्मचारीलाई उत्साहका साथ काम गर्न निर्देशन दिंदै मन्त्री गुरुङले गण्डकी प्रदेशमा ६५ अर्वको पुजी सहकारीमा रहेकोले उत्पादनमा लगाउन जोड दिनु भयो ।

प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशमा रहेका सहकारीहरुलाई नियमन गर्नको लागि आजदेखि सहकारी सूचना प्रणाली स्थापना गरेको जानकारी दिनु भयो । गण्डकी प्रदेश सरकार मातहतमा हाल ९२९ सहकारी रहेको सहकारी रजिष्टार बद्रिनाथ अधिकारीले बताउनुभयो ।

यसैबीच, प्रदेश सरकारको सहकारी विधेयक क्याविनेटमा गएको र रजिस्टारको कार्यालयको लागि १७ जना कर्मचारी प्रस्ताव गरिएको बताइएको छ । कार्यक्रममा प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले गण्डकी प्रदेशका सहकारीले अन्य प्रदेशलाई हेर्न लायक गरी काम गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू