अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

प्रचण्डलाई हेग लैजान तयार रहेको पुर्व लडाकुको दावी

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:३६ मा प्रकाशित

पूर्व माओवादी लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने प्रचण्डको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताउनुभयो ।

“हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो’ विष्टले भने, ‘हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ । ”

विप्लव माओवादीका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिनुभएको थियो । हेग लगेमा संसारकै हिरो बनेर निस्कने बताएका प्रचण्डले टिप्पणी गर्नुभएको थियो ।

पूर्व माओवादी लडाकू विष्टले हालै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू