अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७६ साउन ९ गते १०:०० मा प्रकाशित

नेपाली कांग्रेसले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सन्चारकर्मीहरुसित कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको बलात्कार÷ हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा घटना भएको वर्ष दिन पुग्दैगर्दा गृहमन्त्रीबाट आएको गैरजिम्मेवार अभिव्यक्तिलेसमेत सरकार अपराधीको संरक्षणमा लागेको छ भन्ने पुष्टि गरेको आरोप लगाउनुभयो ।

उहाँले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गर्नुभएको छ । कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमावलीमा प्रस्तावित शुल्क घटाउने र नियमावली मस्यौदा समितिले नै नियमावलीलाई सर्वसम्मतरुपमा अन्तिमरुप दिने निर्णय गरेको छ ।

बैठकमा पार्टीको अन्तरकालीन अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनका लागि आवश्यक प्रक्रिया थाल्ने गरी छलफल भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । कांग्रेसले बाढी–पहिरोपीडितको उद्धार र राहतमा लाग्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू