अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

पोखराको विजयपुरमा निर्माणधिन बेलीब्रिज शुक्रवारबाट सञ्चालनमा आउने

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:४९ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज शुक्रवारबाट सञ्चालनमा आउने भएको छ । सडक डिभिजन कार्यलयका सूचना अधिकारी पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार बेलीब्रिज शुक्रबार साँझ सम्म सञ्चालनमा आउने भएको हो । आचार्यका अनुसार पुलमा अब नटबोल्ट मात्र कस्न बाँकी रहेकोले पानीको कारण काम गर्न अबरोध नभए शुक्रबार साँझ सम्म बेलीब्रिज सञ्चालन आउने बताउनुभयो ।

सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो । बेलीब्रिज अस्थायी प्रकृतिको पुल हो । यो बेलीव्रिज ५ बर्ष सम्म सञ्चालन गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू