अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

कांग्रेस केन्द्रीय समिति बैठक बिनानिष्कर्ष टुंगियो

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:४२ मा प्रकाशित

बिहीवार साँझ पार्टीको केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठक पार्टीको विधानले निर्दिष्ट गरेको अन्तरिम व्यवस्था अनुसारको संरचना कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको थियो । तर बैठक बिना कुनै निष्कर्ष टुंगिएको हो ।

विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा बैठकमा छलफल भएको तर कुनैपनि बिषय नटुंगिएको बताईएको छ ।

विधान अनुसार तत्काल अन्तरिम व्यवस्था गरेर समयमै १४ औं महाधिवेशनको तयारीमा लाग्नुपर्ने संस्थापनइतर पक्षको धारणा रहेको छ भने संस्थापन पक्ष जसरी पनि एक वर्ष थपेर २०७७ सालको फागुनमा महाधिवेशन गर्नुपर्ने पक्षमा देखिन्छ ।

बिहीबारको बैठकमा उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले विचार व्यक्त गरेका छन् । बैठक शुक्रवार पुनः बस्ने गरेर समापन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू