अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

भारतीय गुप्तचर संस्था ’रअ’ का प्रमुख गोयल काठमाण्डौंमा

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:२५ मा प्रकाशित

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ’रअ’ का प्रमुख समान्तकुमार गोयल सुटुक्क नेपाल आएका छन् । आइतबार साँझ काठमाडौ आएका प्रमुख गोयल काठमाडौको हायात होटलमा बसेका छन् । उनीसहित पाँच जनाको टोलीले आइतबार राती नेपालमा रहेका भारतीय गुप्तचरका प्रमुखबाट विफ्रङ लिइसकेका छन् ।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको नेपाल प्रहरी स्रोतले जनाएको छ । रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअ का विशेष सचिवका रुपमा कार्यरत थिए ।

भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न रहेका छन् । रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेस मधेशवादी दलका नेताहरुसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । भारतीय दूतावासले नेताहरुसँग भेटघाटको समय मिलाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू