अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

वर्तमान संविधान अपाङ्ग – महासचिव वैद्य

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:१५ मा प्रकाशित

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले वर्तमान संविधान अपाङ्ग रहेको टिप्पणी गर्नुभएको छ । सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले राज्यले संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई अपाङ्ग बनाएर निरिह संघीय व्यवस्था लाद्न खोजेको आरोप लगाउनुभयो ।

महासचिव वैद्यले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको पनि उल्लेख गर्नुभएको छ । आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको उहाको भनाई थियो ।

महासचिव बैद्यले लोकसेवा आयोगले निकालेको विज्ञापन पनि आन्दोलनको जनभावना विपरित आएको बताउनुभयो । वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उहाँले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी नरहेको टिप्पणी गर्नुभएको छ । विप्लव नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध सरकार विरोधी क्रियाकलाप गर्ने राजनीतिक दल प्रतिको आक्रमण भएको बैद्यको टिप्पणी थियो । यद्यपि, विप्लब नेतृत्वको नेकपाको कार्यदिशा नै अलमल रहेको उहाको ठहर छ । यसलाई विप्लवले प्रष्ट्याउन जरुरी रहेको बैद्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू