अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

सत्तारुढ नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह– इन्चार्ज (नामावली सहित)

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:३७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएको छ । पार्टी एकता प्रक्रियाअन्तर्गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ७७ भौगोलिक जिल्ला र ६ वटा महानगरपालिकाको समितिको इन्चार्ज र सह इन्चार्ज टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

७७ भूगोल र ६ वटा महानगरका इन्चार्ज र सह–इन्चार्जको नामावली सार्वजनिक गरिएको छ । प्रवक्ता श्रेष्ठका अनुसार इन्चार्ज र सह–इन्चार्जको नामावली स्थायी समिति र केन्द्रीय समितिमा पनि पेश गरिने छ ।

प्रवक्ता श्रेष्ठले विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरण कार्य मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले टुंग्याउने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू