अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

पोखरामा लागुऔषध कारोवारी पक्राउ, पहिलो पटक पेनगन बरामद

बिआरटीनेपाल २०७६ साउन १ गते ९:२७ मा प्रकाशित

पोखरामा पेन गनसहित लागु औषध कारोवारी पक्राउ पक्राउ परेका छन् । कलमजस्तै देखिने गन र त्यसमा लाग्ने सात राउण्ड गोली सहित पोखरा २४ का सागर रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । कलम जस्तै देखिने पेनगन नजिकैबाट प्रहार गर्न प्रयोग हुने गर्दछ । विशेष कुनै कार्यक्रममा वा सम्मान गर्न खादा माला लगाउने क्रममा पेन गन मार्फत् आक्रमण गरिन्छ ।

पोखरा ७ मा रानाभाट बस्दै आएको कोठामा छापा मार्दा लागु औषधको साथै पेन गन समेत बरामद गरिएको हो । रानाभाटलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरहेको छ । कास्की प्रहरीले लागु औषधविरुद्ध विशेष अभियान चलाइरहेको छ । त्यही क्रममा प्रहरीले निगरानी, नियन्त्रण लगायतका गतिविधिलाई तीव्र पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू