अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

संसदीय समितिको बैठक पनि स्थगित गर्न काँग्रेसको माग

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:४८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् । नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्धय डा.डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गर्नुभयो ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी काँग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गर्नुभयो । पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने उहाको तर्क थियो ।

काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गर्दै समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गर्नुभयो ।

तर, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू