अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

अबरुद्ध सबै विद्युत सेवा बुधवारसम्म संचालनमा आउने– मन्त्री पुन

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:४७ मा प्रकाशित

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा साउन १ सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ । मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी गराउनुभयो ।

कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि मनत्री पुनले बताउनुभयो । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको उल्लेख गर्दै मन्त्री पुनले ती सबै समस्या भोलिसम्म समाधान हुने दावी गर्नुभयो ।

सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाएको पुनले बताउनुभयो । आपतकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनालाई तयारी अवस्थामा राखिएको मन्त्री पुनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू