अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

कार्यक्रमका बोलाएर मन्त्री पण्डितलाई आयोजकले देखाए कालो झन्डा

बिआरटीनेपाल २०७६ असार २७ गते ८:४५ मा प्रकाशित

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कालो झन्डा देखाइएको छ । आदिवासी जनजाति युवा महासंघका नेता कार्यकर्ताले शुक्रबार मन्त्री पण्डितलाई ललितपुरस्थित एक कार्यक्रममा नाराबाजी गर्दै कालो झन्डा देखाएका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ललितपुरमा भएको कार्यक्रममा बोलेर सकेपछि मन्त्री पण्डितलाई कालो झन्डा देखाइएको थियो । “मन्त्री पण्डित राजीनामा गर, र लोक सेवाको विज्ञापन फिर्ता गर” भन्दै कार्यक्रम हलभित्रै नाराबाजी भएको थियो ।

यसैबीच, आयोजक नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आरक्षणविरूद्ध मन्त्रीले नकरात्मक अभिव्यक्ति दिएपछि विरोध गरेको बताउनुभएको छ । संविधानविपरीत लोक सेवाको विज्ञापन निकालिएको उल्लेख गर्दै उहाँले उक्त बिज्ञापन फिर्ता लिन दवाव दिने महासंघको आन्दोलनको कार्यक्रमअन्तर्गत नै कालो झन्डा देखाइएको बरामको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू