अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार १९ गते ९:४३ मा प्रकाशित

अर्घाखाँचीको पर्यटकीयस्थल सुपादेउराली जिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जनाा गम्भीर घाइते भएका छन् । कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो ।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचमा जिप पल्टिएर खोलामा पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा भूमिकास्थान नगरपालिका वडा नम्बर–३, धारापानी घर भइ कृष्णनगर, शिवपुर बस्ने सवारी चालक सुमन्त भुसाल, मालारानी गाउँपालिका वडा नम्बर–३ का रूद्रप्रसाद भुसालकोमात्र सनाखत भएको छ । एक युवकको सनाखत हुन सकेको छैन ।

दुर्घटनाका गम्भीर घाइते पाँचैजनालाई थप उपचारका लागि बुटवल लगिएको छ । जिपमा ११ जना सवार थिए । जिप एक्कासि ‘ब्याक’ भएको र पल्टिएर खोलामा पुगेको घाइतेहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू