अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार महिनाभर निशुल्क

बिआरटीनेपाल २०७६ असार १९ गते ९:४२ मा प्रकाशित

पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ । एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैकले बातावरण संरक्षणको क्षेत्रमा राम्रो कामको शुरुवात गरेको बताउनु भयो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले शवदाह गृह ब्यबस्थीत रुपमा महानगरले सञ्चालन गर्ने बताउनुभयो । असार महिनाभर दिंवगत भएकाहरुको शवदाह गृहमा दाहसंस्कार शुलक नलाग्ने उहाको भनाई थियो ।

एभरेष्ट बैकका पुष्पराज उप्रेतीले शवदाह गृह निर्माणबाट बन विनास लाई रोक्ने र प्रदुषण नियन्त्रणमा पनि सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू