अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

आफ्ना नागरिकमाथि भएको नेपाल सरकारको ब्यवहारबाट अमेरिका मर्माहत

बिआरटीनेपाल २०७६ असार १३ गते ९:२६ मा प्रकाशित

नेपाल सरकारले अमेरिकी नागरिकलाई पक्राउ गरेको घटनालाई लिएर अमेरिकाले मर्माहत भएको प्रतिक्रिया दिएको छ । अमेरिकी राजदूतावासले नेपाल सरकारले आफ्ना नागरिकमाथि गरेको व्यवहारबाट मर्माहत भएको टिप्पणी गरेको हो ।

गत शनिबार नेपाल आएका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो । नेपालस्थित चिनियाँ दूतावासले गरेको आग्रहअनुसार अध्यागमन कार्यालयले पेम्पालाई पक्राउ गरेको थियो । काठमाडौंस्थित चिनियाँ दूतावासले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश रोक्न आग्रह गरेको थियो ।

नेपाल एक चीन नीतिमा प्रतिवद्ध भएकाले अध्यागमन कार्यालयले छिरिङलाई कालो सूचीमा राखेको छ । तर शनिबार नेपाल आएका लागेका छिरिङ दलाई लामाको सरकारका सभामुख नभएर अमेरिकी नागरिक रहेको बुझिन आएको छ । सोही घटनाप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले गम्भीर चासो देखाउँदै घटनाबाट मर्माहत भएको जनाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू