अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसँग कांग्रेसको छलफल

बिआरटीनेपाल २०७६ असार १२ गते १०:०० मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको पहिलो चरणको एकमहिने जागरण अभियानमा देशभर खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको छ । बुधबारदेखि पार्टी कार्यालय सानेपामा सुरु छलफलमा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल भएको थियो ।

दुई दिनसम्म चलेको छलफलमा ७७ ओटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले आफ्ना धारणा राख्नुका साथै तयार पारिएको प्रतिवेदन प्रस्तुत् गरेका थिए । कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले सन्चालन गर्ने दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई छलफलले थप परिष्कृत, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसले गएको वैशाख २५ देखि जेठ २५ गतेसम्म एकमहिने राष्ट्रिय जागरण अभियान चलाएको थियो । आउँदो भदौ २४ देखि असोज ७ गतेसम्म दोस्रो चरणको जागरण कार्यक्रम गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू