अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

रिक्त पदमा निर्वाचनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ असार ९ गते १०:३० मा प्रकाशित

प्रधानमन्त्री कपी शर्मा ओलीले रिक्त रहेका पदमा निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । सोमबार राष्ट्रपति भवन शितलनिवासमा भएको निर्वाचन समीक्षा र भावि रणनीति विषयक अन्तक्रियामा प्रधानमन्त्री ओलीले देशभर विभिन्न कारणले रिक्त रहेका पदमा चुनाव गराउन आयोगलाई निर्देशन दिनुभएको हो ।

देशभर अहिले प्रतिनिधिसभा, प्रदेश सभा, उपमहानगर, गाउँपालिका र वडाध्यक्षको पदसहित ४७ जना जनप्रतिनिधिको पद रिक्त छ । शितलनिवासमा आयोगले सम्पन्न गरेका निर्वाचनको समीक्षा समेत भएको छ । आयोगको भावी रणनीति बारेमा पनि विस्तृत रुपमा छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्य १२ दलका अध्यक्ष तथा पदाधिकारी, पूर्व निर्वाचन आयुक्तहरू, र विज्ञहरू सहभागी रहेका थिए ।

अन्तक्रियामा आयोगको तेस्रो रणनीतिक योजनाबारे सुझाव संकलन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू