अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

विप्लव समूहका मोरङ्ग जिल्ला अध्यक्षसहित ३ जना हतियार सहित पक्राउ

बिआरटीनेपाल २०७६ असार ९ गते १०:२९ मा प्रकाशित

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ अध्यक्ष अशोक राई सहित ३ जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बेलबारी नगरपालिका–३ स्कुल डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी–२ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाल रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। यस्तै, प्रहरीले लुकाइछिपाइ राखेको दुई थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली र ३ नाल भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

उनहिरुमाथि मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू