अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

थाहा आन्दोलनका प्रणेता विष्टको स्मृति दिवस

बिआरटीनेपाल २०७६ असार ६ गते २२:३६ मा प्रकाशित

थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २० औं स्मृति दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसका अवसरमा रुपचन्द्र विष्ट स्मारक समिति नेपालले काठमाडौंमा विशेष कार्यक्रम गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस नेता नरहरि आचार्यको उपस्थितिमा कार्यक्रम हुने समितिले जनाएको छ ।

रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका चलाउनुभएको थियो । रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता हुनुहुन्थ्यो । छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो ।

वि.सं.१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू