अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

मिडिया काउन्सिल विधेयक विरुद्ध संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाईयो

बिआरटीनेपाल २०७६ असार ६ गते ९:२६ मा प्रकाशित

मिडिया काउन्सिल विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकार महासंघले गरेको हस्ताक्षर संकलन आज प्रमुख जिल्ला अधिकारी मार्फत देशैभरबाट प्रधानमन्त्रीलाई बुझाइएको छ । पत्रकार महासंघ कास्कीले पनि पोखरामा ३ दिनको अवधिमा संकलन गरिएको हस्ताक्षर शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले मिडिया काउन्सिल विधेयक संसोधन नगरिए वा फिर्ता नभए पत्रकारिता छाडेर अर्को पेशा रोज्नुपर्ने अवस्था आउने बताएका थिए । चौथो चरणको आन्दोलन गर्नुपरे गर की मरको अबस्थामा रहने उनीहरुको भनाई छ ।

आज देशैभरका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय हुदै प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकोे बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू