अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

सरकारले भ्रष्टाचार गर्यो– नेता पौडेल

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ७:४६ मा प्रकाशित

नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाइको दम्भमा अदालत र अख्तियारलाई निरीह बनाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । शैलजा आर्चाय समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

नेता पौडेलले सरकारले कमिसनको खेलमा मेलम्ची, बूढीगन्डकी र ‘वाइडबडी’मा भ्रष्टाचार गरेको दाबी गर्नुभयो । भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा र आत्मसन्तुष्टि गुमेको उहाको भनाई थियो । पौडेलले भ्रष्टाचारविरुद्ध हरेक ठाउँबाट जनताले युद्ध गर्नुपर्ने बेला आएको पनि बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले देशमा राजा नभएपनि अहिले सयौं राजा बनेर भ्रष्टाचार गरिरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू