अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

पोखराको चिप्लेढुङ्गा चोकमा सडक भासियो

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ७:४३ मा प्रकाशित

पोखराको चिप्लेढुंगामा सडक भासिएको छ । पोखरा–४ चिप्लेढुङ्गा चोकको बीच भागमा सवारी चलिरहेको सडकमा प्वाल परेको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले अनुमान गरेका छन् ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडाअध्यक्ष शंकर बास्तोलाले बताउनुभयो । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण सड्क भासिएकोे उहाँले जानकारी दिनुभयो । अहिले सडकमा सवारी आवतजावतमा रोक लगाईएको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शुक्रबार उक्त क्षेत्रमा ठूलो वर्षा भएको थियो । यसअघि पनि पोखराको न्यूरोड लगायतका ठाउँमा जमिन भासिएको थियो । पानी पर्नासाथ सोस्ने बलौटे माटो भएकोले पोखरामा यस्ता घटना यदाकता भईरहने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू