अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

मन्त्री पुनले रवि लामिछानेबारे केही पनि नबोलेको सचिवालयकोे स्पष्टोक्ति

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:५८ मा प्रकाशित

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग नाम जोडेर विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित सञ्चारकर्मी रवि लामिछानेसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्न्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङसमेत बनाई मन्त्री पुनको भनाइ भन्दै मनगढन्ते समाचार प्रकाशित गरेको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।
सचिवालयका अनुसार उक्त समाचारबारे नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा यस्तो प्रकाशित नभएको भन्दै उक्त खबर झुटो भएको जानकारी दिनुभएको थियो । मन्त्री पुनले सञ्चारकर्मी लामिछानेका सम्बन्धमा कुनै टिप्पणी र भनाइ सार्वजनिक नगरेको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले स्पष्ट पार्नुभयो ।

मन्त्रीको हवाला दिंदै आएका समाचारहरु सबै असत्य भएको र मन्त्री पुनको भनाइ, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू