अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

पाल्पामा जंगली च्याउ खाँदा कम्तीमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:२९ मा प्रकाशित

पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी खाएर बिरामी परेकामध्ये कम्तीमा ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर ११ जना बिरामी भएका थिए । जङ्गली विषालु च्याउ खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाकी ९ वर्षीया निर्मलासिंह ठकुरी, ४ वर्षीय विष्णुसिंह ठकुरी, ७ वर्षीय सुमनसिंह ठकुरी, निशासिंह ठकुरी, निरुतासिंह ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको बताईएको छ ।

बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी, विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो । नजिकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए ।

अन्य बिरामीहरुको नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगायत काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका ४ परिवारका सदस्य बिरामी परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू