अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेबीच भेटवार्ता भएकोे छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा फ्रान्स भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र उहाँका फ्रान्सेली समकक्षीबीच प्रधानमन्त्री कार्यालयमै भेटवार्ता भएको हो ।

त्यस क्रममा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानीलगायत विषयमा छलफल भएको बताइएको छ । यसअघि प्रधानमन्त्री ओलीले पेरिसस्थित नेपाली दूतावासको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकलाई आग्रह गर्नुभएको थियो । उहाँले फ्रान्सेली व्यवसायीसँग पनि भेटघाट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू