अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल काँग्रेसको माग

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन माग गरेको छ । आजको संसद बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म र संस्कृतिका विरुद्धमा विधेयक आएको आरोप लगाउँदै यसको विरोधमा उत्रिएका जनतामाथि सरकारले माइतीघरमा बर्बरतापूर्ण दमन गरेको बताउदै बिधेयक फिता लिन माग गरेको हो ।

कांग्रेसका सचेतक पुष्पा भुसालले संस्कृति जोगाउने आन्दोलनमा भएको दमनप्रति सरकारले क्षमा माग्नुपर्ने उहाँले माग गर्नुभयो । कांग्रेसकै डिला सङ्ग्रौलाले धर्म र संस्कृति जोगाउने सन्दर्भमा गुठी विधेयक फिर्ता गर भनेर गरिएको शान्तिपूर्ण आन्दोलनमा किन धरपकड भयो भनी प्रश्न गर्दै छानबीनको माग गर्नुभयो ।

यस्तै कांग्रेसका देवेन्द्रराज कँडेलले पुर्वनिर्धारित विरोधको कार्यक्रम हुँदाहुँदै किन वैकल्पिक बाटोको व्यवस्था गरिएन भनी प्रश्न गर्नुभएको थियो । कांग्रेसका देवप्रसाद तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकार संरक्षण गर्न शान्तिपूर्ण विरोध गर्न नपाउने कस्तो खाले लोकतन्त्रको अभ्यास हो भनी प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू