अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशमा रिहा

बिआरटीनेपाल २०७६ जेठ २४ गते ९:०१ मा प्रकाशित

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई ’दलाल र कुकुर’ भनेका थिए । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो।

शाहीलाई पक्राउ गरेर काठमाडौं ल्याइएपछि उनको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराउनुभएको थियो । शाहीमाथि नेपाल प्रहरीले साइवर अपराधको अभियोगमा पक्राउ गरेर मुद्दा चलाएको थियो । शाहीविरुद्ध पत्रकारहरुले आफूहरुमाथि दुब्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू