अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

चार राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:२७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ग्वाटेमाला, बेल्जियम, इरान र अजरवैजानका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाका प्रणाणपत्र पेश गरेका छन् ।

सोमवार राष्ट्रपति भवन सितल निवासमा एक समारोहका बीच नेपालका लागि ग्वाटेमालाका गैरआवासीय राजदूत गिओभान्नी रिने कास्टिल्लो पोलान्सो, नेपालका लागि बेल्जियमका गैरआवासीय राजदूत फ्रान्कोइस डेल्हायी, नेपालका लागि इरानका गैरआवासीय राजदूत अली चेगेनी र अजरवैजानका गैरआवासीय राजदूत असरफ शिखलिइभले आ–आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारी समक्ष पेश गर्नुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरुलाई होटल सांग्रिलाबाट राष्ट्रपति भवन सितल निवाससम्म बग्गीमा सवार गराइएको थियो ।

यसैबीच, राष्ट्रपति भण्डारीले थाईल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललाई पनि पद तथा गोपनियताको सपथ खुवाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू