अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

नेपालमा सार्कस्तरीय युवा बैज्ञानिक सम्मेलन हुने

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:१९ मा प्रकाशित

नेपालमा सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरसँगको सहकार्यमा यहि जेठ २२ र २३ गते सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो।

अन्तर्राष्ट्रिय सार्क युवा वैज्ञानिक सम्मेलनका सम्पर्क व्यक्ति त्रिविका सहप्राध्यापक डाक्टर विनोद दवाडीका अनुसार युवा वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा भाग लिन विभिन्न देशबाट वैज्ञानिकहरु मंगलबार साँझसम्म काठमाडौं पुग्ने जनाईएको छ । सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुनेछ ।

सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भए गरेका उपलब्धिको अनुभव साटासाट गर्दै विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्याउन युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको दवाडीले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल, बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, बेलायत, चीन, फिनल्याण्डसहित दश राष्ट्रका युवा वैज्ञानिक सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू