अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

प्रेस स्वतन्त्रता हनन् हुने खालको प्रावधान तत्काल हटाउन राप्रपाको माग

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:२३ मा प्रकाशित

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धि विधेयक’ मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ । पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो ।

संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता प्रतिकूल हुने गरी सो विधेयकमा समावेश गरिएको सबै प्रावधान तत्काल हटाउन सरकारसँग माग गरिएको पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टीका नेताहरुले मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना हुने गरी संगठनको कामकार्वाहीलाई गतिशील हुने गरी कार्ययोजना तय गर्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू