अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

सरकारलाई प्रेस स्वतन्त्रता कुण्ठित गर्न दिँदैनौँ– नेकपा नेता खनाल

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:४५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सिल विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताउनुभएको छ । ‘आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको छ, जुन नराम्रो कुरा होइन’, नेता खनालको भनाई थियो ।

गृह जिल्ला इलाम जानेक्रममा झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक र अधिकारलाई कसैले कुनै पनि बहानामा कुण्ठित गर्न नसक्ने बताउनुभयो । ‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्दैन। हामी सरकारलाई त्यसरी हिंड्न दिनेछैनौं, ’ नेता खनालको भनाई थियो ।

पार्टी एकीकरणको एक वर्ष पूरा भएको, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समिति लगायत जनवर्गीय संगठनको एकीकृत रुप दिइसकेको वर्तमान अवस्थामा अब पार्टीले नयाँ कार्य्दिशा, नीति र सिद्धान्त पनि चाँडै सार्वजनिक गर्ने वरिष्ठ नेता खनालले बताउनुभयो ।

पार्टी एकीकरणलाई गौरवपूर्ण बताउँदै नेता खनालले यो एकताले दूरगामी महत्व राख्ने तर जटिल प्रक्रिया भएकाले बाङ्गोटिङ्गो हुँदै अगाडि बढिरहेकाले अझै पनि थुप्रै काम बाँकी रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू